काठमाडौ । अस्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई सहयोग हुने गरि शनिवार एक दिवसीय कार्यशाला ‘डेस्टिनेसन वेस्टन अस्ट्रेलिया’ सम्पन्न भएको छ ।
अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टरको आयोजना र नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर)को ब्यवस्थापनमा भएको कार्यक्रममा वेस्टन अस्ट्रेलिया सरकारको शैक्षिक विभागका प्रतिनीधि, सो स्थानका उत्कृष्ट विश्वबिद्यालय, कलेज र इन्टिच्यूसनका प्रतिनीधिहरूलाई एकै ठाउँमा ल्याइ विद्यार्थीहरु सँग साक्षात्कार गराइएको नायरका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

कार्यशालामा बेस्टन अस्ट्रेलियाको शिक्षा, भाषा, संस्कृति अबसर र व्यापारलाई साक्षात्कार गराउने उद्देश्यले आयोजना गरेको श्रेष्ठको भनाइ छ ।
कार्यशालामा वेस्टन अस्ट्रेलिया सरकारको शैक्षिक निकायका साउथ एसिया प्रमुख जमल क्वरिसीले औपचारिक सम्बोधन गरेका छन्। उनले नेपाली विद्यार्थीका लागि बेस्टन अस्ट्रेलिया (पर्थ) उत्कृष्ट गन्तब्य भएको बताए ।

वेस्टन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटी इडिथ क्रउन युनिभर्सिटी, दि युनिभर्सिटी अफ वेस्टन अस्ट्रेलिया, मुड्क युनिभर्सिटी, फिनिक्स एकेडेमी, अष्ट्रेलियन टेक्निकल्ल कलेज वेस्टन अस्ट्रेलिया, वेस्टन अस्ट्रेलियन इष्टीच्यूट अफ फरदर स्टडिज, स्किल्स् अष्ट्रेलिया इष्टीच्यूट, इडिथ क्रउन कलेज, सिक्यु युनिभर्सिटी लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूले वेस्टन अस्ट्रेलियाको शैक्षिक प्रणाली, अबसर, छात्रबृत्ति, अध्ययन पछिको काम र अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको उपलब्धिका बारेमा परामर्श प्रदान गरेका थिए ।
बिगत डेढदसक देखि नै पर्थ बिश्वमै बस्न लायक उत्कृष्ट दश शहर मध्यमा पर्दछ। बिश्वस्तरिय शैक्षिक बातावरण, विज्ञान र प्रविधिको नेतृत्त्व गरिरहेको र अष्ट्रेलियाकै सस्तो शहरको रुपमा अन्तर्राष्ट्रिय बिध्यार्थीले रूचाइएको गन्तव्य हो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्