विश्व सुन्दरीलाई ‘ढाकाले सुहायो, ढेँडो निकै मीठो लाग्यो’

विश्व सुन्दरीलाई ‘ढाकाले सुहायो, ढेँडो निकै मीठो लाग्यो’

Tony

‘मिस वल्ड–२०१९’ टोनी एन सिंह नेपालको प्रकृतिप्रति लोभिएकी छन् । उनलाई नेपालको प्रकृतिसँगै खानपान र पहिरनल समेत मोहित तुल्याएको छ । ६९औँ मिस वल्र्डको ताज पहिरिएपछि पहिलोपटक नेपाल आएकी जमैकाकी यी सुन्दरीले देखाएको साडी मोहले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ ।

नेपाललाई नजिकबाट नियाल्न मिस वल्र्ड आयोजक टिमसहित काठमाडौं ओर्लिएकी यी विश्व सुन्दरी यहाँको पहिलो कार्यक्रमै नेपाली ढाका साडीमा देखिइन् । जब ढाकाको ब्लाउज र कन्ट्रास्ट साडीमा स्टेजमा देखिइन्, तब टोनीले नेपालीको समेत ताली पाइन् । उनी ढाका कन्ट्रास्ट साडीमा धपक्क खुलेकी थिइन् ।

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा तीन दिने भ्रमणमा नेपाल आएकी टोनी बिहीबार साँझ राजधानीमा आयोजित कार्यक्रममा नेपाली कल्चर जगाउने सारीमा उपस्थित भएकी थिइन् । जहाँ पर्यटनमन्त्री यागेश भट्टराईलगायतले स्वागत गरेका थिए । उनीसँगै मिस वल्र्ड आयोजककी अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत थिए । साडीमा सजिएकी उनले मञ्चबाट गर्भका साथ सुनाइन्, ‘मेरो एउटा सपना पुरा भएको छ ।’ त्यो उनको सपना थियो, नेपाल घुम्ने र यहाँको प्रकृतिबारे जान्ने ।’

आफ्नो उद्देश्यअनुरुप टोनीले शुक्रबार सिन्धुपाल्चोकको हेलम्बुदेखि मकवानपुरको चेपाङबस्ती कैलाश भ्रमण गरेकी छन् । जम्मा एक घण्टाका लागि मात्र उनी हेलम्बु गएकी थिइन् । जहाँ उनलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरे । ‘मिस नेपाल–२०१८ शृंखला खतिवडा र ‘मिस नेपाल–२०१९’की विजेता अनुष्का श्रेष्ठसहित हेलिकोप्टरमा हेलम्बु पुगेकी टोनीले हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी परियोजना ‘हेलम्बु ग्रेट ट्रेल तथा निर्माणाधीन नमुना विद्यालय भवन’को अवलोकन गरेकी थिइन् ।

अवलोकनपछि टोनीले हेलम्बुको सुन्दरताबाट आफू प्रभावित भएको जनाइन् । टोनीले भनिन्, ‘म यस परियोजना अवलोकनपछि निकै उत्साहित भएकी छु ।’ औपचारिक कार्यक्रम सकेपछि उनीहरुले हेलम्बुको सुसिङमा ह्योल्मो खानाका साथमा साग र ढिँडो खाएका थिए । डेँढो साग खाएपछि टोनीले भनिन्, ‘निकै मिठो लाग्यो ।’

‘मिस नेपाल’ अनुष्का श्रेष्ठले हेलम्बु गाउँपालिका–७, सुर्सिङमा आयआर्जनलाई शिक्षासँग जोड्ने गरी सञ्चालन गरेको कार्यक्रमले बेलायतमा सम्पन्न ‘मिस वल्र्ड–२०१९’मा ‘ब्युटी विथ पर्पस’ उपाधि जितेकी थिइन् । हेलम्बु भ्रमणपछि टोनीसहितको टोली मकवानपुरको तामलाङ गाउँमा पुगे । उनीहरुले तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकन गरेका थिए । तामलाङमा ङिको स्वास्थ्य चौकीको निर्माण ‘मिस नेपाल–२०१८’की विजेता शृंखला खतिवडाको पहलमा निर्माण भएको हो ।

‘मिस वल्र्ड’मा खतिवडाले ब्युटी विथ पर्पस जित्न सफल भएको उक्त स्वास्थ्यचौकी मिस वल्र्डका आयोजकलाई अवलोकन गराइएको हो । ती स्वाथ्यचौकीको अवलोकनपछि मिस वल्र्ड अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

‘मिस वल्र्ड’ सुरु भएको ६९ वर्षपछि यसरी पहिलोपटक ‘मिस वल्र्ड’ विजेता र आयोजकले औपचारिक रुपमा नेपाल भ्रमण गरेको हो । नेपालले समेत सन् १९९४ देखि ‘मिस वल्र्ड’मा सहभागी जनाउँदै आएको छ । तर, हालसम्म उपाधि जित्न सकेको छैन । केही वर्षयता भने छ । सेमिफाइनल यात्रासम्म अर्थात् टप १० सम्म पुग्न सकेका छन् ।

फोटो: प्रेम गुरागाइँको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds