काठमाडौँ — अभिनेत्री तथा पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो सम्बन्ध विच्छेद हुन बाँकी रहेको बताएकी छन् । उनले शनिबार फेसबुकमा आफूले १७ वर्षसम्म मानसिक र शारीरिक दुर्व्यवहार सहेर बसेको तर, अब सहन नसक्ने बताउँदै स्टाटस लेखेकी थिइन्। आफूले घरेलु हिंसामा उजुरी दिएको पनि उनले बताइन्। सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको तर कानुनी रुपमा टुंगो लाग्न बाँकी रहेको पनि उनले बताइन्।
‘मैले छुट्टिने निर्णय गरेकी हुँ । तर, प्रक्रिया पूरा भइसकेको छैन,’ उनले भनिन् । शनिबार राति स्टाटस लेख्दै उनले यसबारे एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि सेयर गरेकी छन्। फेसबुकमा सेयर टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो।’
पूर्वमिस नेपाल खड्गीकाे १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो। उषाले विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्। सन् २००० को मिस नेपाल भएको केही समयमा नै उनले सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक जीपी तिमल्सिनासँग विवाह गरेकी थिइन्। जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो। २ वर्ष सम्बन्धमा रहेपछि उनीहरूले बिहे गरेका थिए। उषा र जीपीका १ छोरा र २ छोरी छन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने