सुनको मूल्य २ हजारले घट्यो, चाँदीको मूल्यमा पनि भारी गिरावट

सुनको मूल्य २ हजारले घट्यो, चाँदीको मूल्यमा पनि भारी गिरावट

1569133662gold

काठमाडौं । नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ ।

सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । यसअघि सोमबार चाँदी तोलामा ७९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ