स्कूल, कलेज चैत ३० गतेसम्म बन्द, कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई कारबाही गरिने

स्कूल, कलेज चैत ३० गतेसम्म बन्द, कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई कारबाही गरिने

school-1_

सरकारले स्कूल, कलेज चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई कारबाही गरिने

सर्बसाधारणहरुमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ । कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको हो ।

यसअघि मलेसियामा कोरोना सम्बन्धी भ्रम फैलाएको आरोपमा एक व्यक्तिलाई एक वर्ष जेल सजाय तोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ