इन्जिनियरिङ अध्ययन संस्थानसहितका सबै परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थानसहितका सबै परीक्षा स्थगित

Er notice

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर तहको परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो ।

संस्थानले नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा बन्द गर्न सूचना जारी गरेको हुनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्पूर्ण कार्यक्रम् अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको इन्जिनियरिङ अध्ययन संस्थानका डीन रामचन्द्र सापकोटाले जानकारी दिए ।

सरकारले विहिबारदेखि नै सम्पूर्ण विश्वविद्यालयको पठनपाठन र परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपनि त्रिविले भने टेरेन र विहिबारको परीक्षालाई निरन्तरता दियो । यसले विद्यार्थीहरु दोधारमा समेत परे । शुक्रबारदेखि भने जारी र हुने सबै सबै परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।

   

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ