पोखराको बजारक्षेत्रमै चितुवाले आंतकित पारेको छ । तनहुँ, कास्की, स्याङ्जा, पर्वतमा चितुवाले आतंक फैलाइरहेको समयमा बजार क्षेत्रमै चितुवा देखापरेको हो । विहीबार बिहानै ७ बजेतिरको समयमा पोखरा महानगरपालिका १३ मियापाटन बस्ने खगेन्द्र बहादुर गुरुङको घरमा चितुवा पसेको हो ।
घरभित्र रहेका गोरखाको गोरखा नगरपालिका ७ आमडाडा घर भई हाल औद्योगिक क्षेत्र डेरा गरी बस्ने वर्ष ३० को श्याम थापालाई उक्त चितुवाले आक्रमण गरेको हो । तत्काल घटनास्थलमा प्रहरी खटिएको थियो । ढोका खोल्ने बित्तिकै सशस्त्र प्रहरी नं.३४ गुल्म औद्योगिक क्षेत्रमा कार्यरत स.प्र.ह.वर्ष ३६ को फटिक मगरलाई झम्टिएको थियो । उनको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए । थापाको भने टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ ।
https://www.facebook.com/gandaknews/videos/1098061393861419/
दुवै घाईतेलाई पश्चिम क्षेत्रिय अस्पताल पोखरामा लगिएको थियो । उक्त आक्रमण गर्ने चितुवालाई सोही घरको बाथरुममा थुनी वन कार्यालयलाई जानकारी गराईएका थियो । चितुवालाई खोरमा पारी नियन्त्रणमा लिइएको थियो ।
यसअघि, माघ २३ गते पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिका पूजा बिकको ज्यान लिएको थियो । पोखरा – ३२ तल्लो गगनगौंडा स्थित हिमालय आधारभूत विद्यालय परिसरमा पसेको चितुवालाई भने नियन्त्रणमा लिइएको थियो । साउन १ गते पोखरा १६ चिप्लिकुनामा रहेको एक कुखुरा फार्ममा पसेको चितुवालाई पनि टेलइन्जेक्ट डार्टगनबाट बेहोस बनाई नियन्त्रणमा लिइएको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु