पोखरा । गत फागुन २२ गतेदेखि हराइरहेका पर्वत कार्कीनेटा घर भई हाल पोखरा २४ डाँडाखेत बस्दै आएका ३३ बर्षिय हरिप्रसाद पौडेल मेत भेटिएका छन् ।
पोखरा २४ स्थित बेत्यानी खोलामा पोखरा महानगरले निर्माण गरिरहेको ड्याम क्षेत्रमा पुरिएको अवस्थामा उनी भेटिएका हुन् । सिल्टेसन ड्याम बनाउन खनिएको पोखरीबाट निकालिएको ढुङ्गा, गिटीले पुरिएको अवस्थामा विहिबार उनको शव फेला परेको हो ।
पौडेल फागुन २२ गते गोरुलाई औषधी किन्न भनेर बजार गएका थिए । त्यसपछि उनी नफर्केपछि २३ गते उनका परिवारले प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अझै सम्पर्कमा नआएपछि फागुन २६ गते पौडेल हराएको भन्दै आफन्तले प्रहरीलाई लिखित निवेदन दिएका थिए । यसबीचमा पौडेल भारतको मद्रास पुगेको हल्ला चलेको स्थानीय बताउँछन् । तर भारतमा नगएको पक्कापक्की भएपछि प्रहरीलाई नै खोजिदिन आग्रह गरेको उनीहरुको भनाई छ । पौडेलले गोरुलाई औषधी खरिद गर्न घरबाट २ सय रुपैयाँ लिएर गएको, औषधी उधारो किनेर रक्सी खाएको स्थानीयले बताएका छन् ।
उनी घर फर्कने क्रममा रक्सी लागेको र सिल्टेसन ड्याम भन्दा माथिको बाटो घर जाँदै गर्दा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी खसेको ठाउँमा ज्याकेट, मोबाइल, सुर्ती, गोरुका लागि किनेको औषधी लगायत भेटिएको जनाएको छ । उनको खोजीमा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको सक्रियता पनि देखिएको थियो ।
रोल्पाका मगर पोखरामा सुतेकै अवस्थामा मृत भेटिए
रोल्पा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका(१६ लामाचौर बस्ने वर्ष २७ को सुनिल पुन मगर बुधबार बेलुका खाना खाई सुतेकोमा विहीबार बिहान अबेरसम्म नउठे पछि उठाउँदा अचेत अवस्थामा भेटिएकोमा उपचारको लागि मातृ शिशु अस्पताल ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको र अहिले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो