प्रधानमन्त्री ओलीको आग्रह : अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् 

प्रधानमन्त्री ओलीको आग्रह : अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् 

KP Oli Pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरो हुन् ।

मुलुक ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस् । अहिले हामी सबै लकडाउनमा छौं । सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् ।’

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंलगबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

दुईदिन देखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ