पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोभिड-१९)का कारण विश्वका धेरै राष्ट्रमा लकडाउन लागु गरिएको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि चैत ११ गते देखि लकडाउन लागु गरिएको छ । लकडाउनले गर्दा मानिसहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न जान समस्या परिरहेको छ ।

लकडाउनमा एक त पसलहरु पनि धेरै नखुल्ने र खुलेका पसलसम्म जान पनि कोरोना भाइरसका कारण मानिसहरु पुग्न सकिरहेका छैनन् । पसलसम्मै पुगेर सामान खरिद गर्न कठिन रहेको छ भने जोखिमपूर्ण पनि रहेको छ ।महामारीको अवस्थालाई मध्यनजर गर्दै नयाँ वर्ष अर्थात् सोमबारबाट बरदान अनलाइन स्टोर्सले पोखरामा दैनिक उपभोग्य सामान होम डेलिभरि गरिदिने भएको छ ।

ग्राहकले स्टोर्सको वेभसाइट www.bardanstore.com तथा मोबाइल नम्बर ९८०२०९६२७७ मा सम्पर्क गरी अर्डर गर्न सक्नेछन् ।१ हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरि गरिदिने स्टोर्सका सञ्चालक सन्जिव पौडेलले जानकारी गराएका छन् । उनका अनुसार १ हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा १ सय रुपैँया डेलिभरि चार्ज स्वरुप बुझाउनु पर्ने छ ।

सञ्चालक पौडेलले अहिले सुरुवाती चरण भएकाले दैनिक उपभोग्य ग्रोसरी सामान होम डेलिभरि गर्न लागिएको र आगामी दिनमा अरु सामानको पनि डेलिभरि गरिदिने बताएका छन् ।होम डेलिभरि गर्दा सुरक्षित तरिकाले गरिने पनि पौडेलले बताए । उनका अनुसार सामान घरसम्म पु¥याउने बेला प्रोटेक्टिभ सामाग्री प्रयोग गरिने छ । यस्तै सामानलाई छोप्ने प्लास्टिकलाई समेत स्यानिटाइज गरिने छ ।
सामानको अर्डर भोलिबाटै लिइने र उक्त अर्डरहरु मङ्गलबार उपभोक्ताको घरघरमा पु¥याउने लक्ष्य वरदान स्टोर्सको रहेको छ । उपभोक्ताले इसेवा, खल्ति तथा मोबाइल ब्याङ्कि मार्फत् सामानको मूल्य तिर्न सक्नेछन् ।
वरदान अनलाइन स्टोर्सले वोस कार्डको समेत सुविधा दिएको छ जसमार्फत् कार्ड होल्डरले पोखराका केही निश्चित्् होटल रेष्टुरेन्ट तथा अन्य ठाउँमा आंशिक छुट प्राप्त गर्दछन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु