काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का चार लाखभन्दा धेरै संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।
अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । करिब ८३ हजार संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् । त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् ।
जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । यस्तोमा अझै ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।
इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु