तनहुँ । तनहुँको म्याग्दे–३ स्थित रहेको समाज सुधार युवा केन्द्रले म्याग्दे गाउँपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेको छ ।
गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा युवा केन्द्रका अध्यक्ष सुरेन्द्र अधिकारले ३० हजार रुपैयाँ म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानालाई हस्तान्तरण गरेका हुन ।
‘विकृति, विसंगति अन्त्य गरौँ, समृद्ध समाजको निर्माण गरौँ’ भन्ने नारालाई आत्मासाथ गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखी लकडाउन घोषणा गरेको समयमा उक्त लकडाउनबाट दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिकहरु प्रति राहतकोष मार्फत समाज सुधार युवा केन्द्रले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
साथै उनले वर्तमान परिस्थितीलाई मध्य नजर गर्दा विश्व अहिले आक्रन्त छ, जस्ले गर्दा नेपाल सरकार र स्थानीय सरकारको आग्रह बमोजिम सहयोग रकम गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा जम्मा गरेको र जस्ले गर्दा वास्तविक पिडीत मार्फत पुग्नलाई गा.पाले सुक्ष्म अध्ययन गरी समुचित वितरण गर्ने विश्वास प्रकट गरेको कुरा उनले बताए ।
म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरिन ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?