काठमाडौं । नेपाली रोटरीले सामाजिक दूरी कायम राख्नाका साथै एकापसमा विद्युतीय माध्यमबाट भए पनि सम्पर्क गर्दै र आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न आह्वान गरेको छ ।
सम्पूर्ण नेपाली रोटरी कोरोना भाइरसको प्रकोपबाट देशलाई र जनतालाई जोगाउने अभियानमा समर्पित भएको जनाउँदै डिष्टिक गभर्नर ३२९२ किरणलाल श्रेष्ठले देश र जनतालाई विपत् पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि सेवामा समर्पित हुनाको विकल्प नरहेको जनाएका छन् ।
कोभिड–१९ ले मानव जातिको जीवन र अस्तित्वमा नै चुनौती खडा गरेका बेला यस महाविपत्तिबाट आफू र आफ्नो परिवार तथा सिङ्गो समाजको जीवन रक्षा गर्नु आफूहरुको पहिलो कर्तव्य भएको र यसलाई पालना गर्न चुक्न नहुनेमा जोड दिँदै उनले रोटरी जस्तो संस्थाको आवश्यकता देश र जनताका लागि यस्तै विपत्तिमा पर्ने जनाएका छन् ।
रोटरीका देशैभरिका १२४ क्लब अहिले कोरोना सङ्क्रमणको जोखिमबाट पीडित विपन्न वर्ग वृद्ध र बालबालिकाको सेवामा जुटिरहेको तथा दैनिकी गुजारा गर्नुपर्ने समुदाय र स्वास्थ्य सेवकको सहयोगमा समर्पित भएको जनाइएको छ ।
नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि डिष्ट्रिक ३२९२ ले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ