पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेशद्वारा निर्मित स्यानिटाइजेसन टनेल पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
विश्वभर महामारीका रुपमा दिन प्रतिदिन फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट सुरक्षित रहन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेशले नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी प्रदेश र पोखरा महानगरपालिकासंगको समन्वयमा पोखरा महानगरपालिकाको यान्त्रिक कार्यशालामा स्यानिटाइजेसन टनेलको निर्माण गरिएको हो ।
उक्त टनेल पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुर्व स्वास्थमन्त्री खगराज अधिकारीबाट हस्तान्तरण गरिएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेश जनाएको छ ।
‘स्यानिटाइजेसन टनेलले स्वचालित रूपमा काम गर्छ ।’ प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष महेन्द्र बहादुर गोदारले भने ‘मान्छे टनेलमा जाने बित्तिकै स्वचालित रूपमा स्यानिटाइजर स्प्रे हुन्छ ।’ उनले थपे ‘एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० मिलिलिटर स्यानिटाइजर खर्च हुन्छ ।’
टनेलमा रहेको ट्यांकको स्यानिटाइजरले ३४ सय जनालाई स्यानिटाइजेसन गर्न पुग्ने उपाध्यक्ष गोदारले जानकारी दिए ।
स्यानिटाइजेसन टनेल निर्माण संयोजक प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेशका सचिव सुरेश तिमिल्सिनाले ४ दिनदेखि राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभुषित युवा वैज्ञानिक विकल्प ढुंगाना, ईन्जिनियरहरु सुलब तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, धुर्ब भट्टराई र बिप्लप पोखरेल लागाएत लागि परि दुईवटा टनेल निर्माण गरिएको जानकारी दिए ।
राज्यलाई आवश्यक पर्दा आफ्नो सम्पूर्ण टिम भोलेन्टिएर गर्न तयार रहेकाे तिमिल्सिनाले बताए । यस परिस्थितिमा संगै कार्यक्षेत्रमा अहाेरात्र खटिएका पिन केन्द्रीय कमिटीका सदस्य टेक कटुवालले सम्पूर्ण सहयाेगी हातहरुलाई धन्यवाद दिदै ईन्जिनियर देशकाे हरेक परिस्थितिमा अग्रपंक्तिमा रहि काम गर्न तयार रहेकाे बताए ।
कठिन परिस्तिथिमा काम गर्न आर्थिक तथा बजार व्यवस्थापन कठिन रहेको कोषाध्यक्ष सुमन गिरीले बताए । कठिन र जटिल परिस्तिथिमा प्राविधिकहरू सधै अग्रस्थानमा हुनै पर्ने र रहिरहेको अबगत गराउदै नेपाल इञ्जिनियरिङ्ग एसोसियसनले समन्वय गरेको सभापति बाबुराम भण्डारीले बताए ।
निर्माणमा सग्लग्न ई.अ. सं पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकोले कार्य अगाडी बढाईएको जानकारी दिए ।
पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानका भिसी डा. बुद्धि बहादुर थापाले कोभिड १९ को बारेमा प्रकास पार्दै स्यानिटाइजेसन टनेलको पुर्ण प्रयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेकोले यस्ता आविष्कार बिस्तार गर्नुपर्ने र राज्यले यस्ता ईन्जिनियर जनशक्तिको सहि सदुपयोग र उत्साहित गर्नुपर्ने बताए ।
हस्तान्तरण कार्यक्रममा पोखरा माहानगरपालिका मेयर मानबहादुर जि.सी, ने.क.पा का केन्द्रीय सदस्य तथा कास्कि जिल्ला इन्चार्ज राजकाजी गुरूङ्ग, क्षेत्रिय स्वास्थ्य निर्देशक बिनोद बिन्दु तिमिल्सिना, प्रदेश संसद तथा कास्कि जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाल इञ्जिनियरिङ्ग एसोसियसनका सभापति बाबुराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर