उदयपुर र जनकपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर र जनकपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

Corona Positive Kit

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।

उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।

उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds