अनलाइन शिक्षण कसरी गर्ने ? डिजी स्कुलले सुरु गर्यो निशुल्क प्रशिक्षण (भिडियो सहित)

अनलाइन शिक्षण कसरी गर्ने ? डिजी स्कुलले सुरु गर्यो निशुल्क प्रशिक्षण (भिडियो सहित)

received_835916343586627

काठमाडौ । चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको बिद्यालयको पढाइ जहाँको त्यहि ठप्प छ ।

कोरोना (कोभिड-१९) का कारण लाखौं बालबालिकाको पढाइमा असरत परेको छ नै संगै शैक्षिकसत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ।

यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवस्यकता बनेको छ ।

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एन सि सि एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निशुल्क प्रशिक्षण सुरु गरेको छ।

प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृह कार्यहरू/असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिंग, अनलाइन प्रस्तुतिहरू, स्लाइड साझेदारी, तस्विर/भिडियो साझेदारी सम्बन्धि सिकाइने बताइएको छ ।

शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डिजी स्कुल नेपालका प्रवर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

प्रशिक्षणमा सहभागी हुन चाहने बिद्यालय तथा शिक्षकहरुले डिजी स्कुलको ९८०१२२४२६९ मा वा [email protected] सम्पर्क गरि सहभागीता जनाउन सक्ने श्रेष्ठले जानकारी दिए। अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकुल गरिने बताइएको छ।

के हो डिजी स्कुल ?

https://youtu.be/AbR2Is0fIWw

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ