निजी विद्यालयले चैतको शुल्क लिन नपाउने

निजी विद्यालयले चैतको शुल्क लिन नपाउने

school

काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

१४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो ।

१६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो ।

तर, निजी विद्यालय सञ्चालकले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएका थिए ।

एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने भएको छ ।

निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।

निजी विद्यालय सञ्चालनका लागि चालु पुँजीको अभाव हुने भएमा भने बैङ्क तथा वित्तीय संस्थामार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ ।

सरकारले दोस्रो आर्थिक प्याकेजमा यस्तो निर्णय ल्याएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ