नवलपरासीमा कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका २०७ जनाको स्वाब संकलन

नवलपरासीमा कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका २०७ जनाको स्वाब संकलन

pcr_nI6wEvheOj

परासी । पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहबाट २ सय ७ जनाको स्वाब नमुना संकलन गरिएको छ ।

जिल्लाको ७ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वास्थ्य कार्यालयले २०७ जनाको स्वाब संकलन गरेको होे ।

प्रदेश ५ सरकार मार्फत जिल्लामा प्राप्त २ भिटिएमबाट प्रत्येक पालिकामा २५ जनाको दरले पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले स्वाब नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।

जिल्लामा सुनवल, रामग्राम, बर्दघाट गरि ३ नगरपालिका र पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गरि ४ गाउँपालिका रहेका छन् ।

बैशाख १७ गते सुवनल नगरपालिकाबाट स्वाब संकलन कार्य शुरु भएको थियो ।

स्वाब संकलन गर्न स्वास्थय कार्यालयबाट पिपिई लगाई उच्च सतर्कताका साथ खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वाब संकलन कार्य गरिरहेका छन् ।

पहिलो चरणमा स्वाब संकलन गर्दा क्वारेन्टाईनमा तथा विदेशबाट आएर होम क्वारेन्टाईन बस्ने र क्वारेन्टाईन बसेर घर फर्केकाहरुलाइ प्राथमिकतामा राखी स्वाब संकलन गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिएका हुन् ।

जिल्लाको क्वारेन्टाइन, होम क्वारेन्टाइन आइसोलेसनबाट गरि कुल ३ सय १६ जना क्वारेन्टाइनमा छन् ।

यहाँभन्दा पहिला क्वारेन्टाइनमा बसेका १७० जनाको आरडिटी परीक्षण गर्दा नेगेटिभ भेटिएर घर पठाइएको थियो ।

जिल्लामा संस्थागत क्वारेन्टाइनमा बस्ने र बसेर फर्केकासहित कुल २ सय ९० को तथ्याङ्क छ भने होम क्वारेन्टाईनमा बस्नेहरु ७ सय रहेका र अधिकांश छिमेकी राष्ट्र भारतबाट आएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

संकलित स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ