पोखरा स्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ । पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित विशेष फर्निचर उद्योगमा आगलागी हुँदा करोडौं बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन् ।
साढे ११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीय एक घण्टा बढी खटिएका थिए । सबैको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन । आगलागी भएको ठाउँमा जानका लागि बाटो सानो भएका कारण दमकल जान नसकेपछि पछाडिको भागबाट बोरिङ्गको ट्यांकरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो । नजिकका भैंसी पालन फार्ममा पनि असर पर्दा भैंसीलाई बारीमा बाँध्न परेको थियो ।

व्यवसायीहरु दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले डेढ वर्षअघि सो फर्निचर सञ्चालनमा ल्याएका थिए । आगलागीका कारण झण्डै करोड बढीको क्षति भएको संचालक भट्टराईले दुःखेसो पोखे ।
लकडाउनको समय भएकाले फर्निचरमा कामदार थिएनन् । विद्युत सर्ट भएको अनुमान गरिएको छ । स्थानीयले पनि पड्किएको आवाज आएको बताएका छन् । इन्भर्टर पड्केको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु