माधव नेपालद्वारा केपी ओलीको ‘तेस्रो अध्यक्ष’को प्रस्ताव अस्वीकार

माधव नेपालद्वारा केपी ओलीको ‘तेस्रो अध्यक्ष’को प्रस्ताव अस्वीकार

Madhab Kumar Nepal

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो वरियताको अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।

शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् ।

‘तीन अध्यक्ष राख्ने प्रस्ताव मा सामान्य छलफल भएको थियो । र, यसरी अध्यक्ष बन्न माधवकुमार नेपाल स्वयंम सहमत हुनु भएन’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘तीन अध्यक्ष राख्ने प्रस्ताव अब अगाडि बढ्दैन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।

वरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ