महेन्द्रनगरमा शिक्षक रानालाई निर्घात कुटेर १४ हजार लुटियो, प्रहरी नै संलग्न !

महेन्द्रनगरमा शिक्षक रानालाई निर्घात कुटेर १४ हजार लुटियो, प्रहरी नै संलग्न !

rana

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक शिक्षकलाई कुटेर १४ हजार लुटिएको छ । कुटपिटमा बहालवाला प्रहरी नै संलग्न भएको स्थानीयले बताएका छन् । भीमदत्त नगरपालिकाको निम्बुखेडामा शनिबार साँझ युवाहरुको समूहले स्थानीय शिक्षक सोबेन्द्र रानामाथि आक्रमण गर्दै लुटपाट गरेको हो। प्रहरी नरबहादुर चन्द यसमा संलग्न रहेको भाइ बामदेव रानाले दाबी गरेका छन् ।

सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीका शिक्षक रानालाई घरबाट पसलतर्फ गईरहेका बेला अपरिचित समूहले आक्रमण गरेको थियो । घाईते रानाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। रानाको टाउको, घाटी र छातीमा गम्भीर चोट रहेको छ। आक्रमणमा संलग्न समूहले आफूसँग भएको नगद १४ हजार लुटेर लगेको रानाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिट र लुटपाटमा संलग्न चन्दलाई पक्राउ गरेको छ । चन्द पनि स्थानिय नै हुन् । उनी बहालवाला प्रहरी रहेको बुझिएको छ । चन्दमाथि किटानी जाहेरी दिएको रानाले बताए । ‘रक्षक नै भक्षक’ भएकोमा उनलाई ठूलो कारबाही गरिनुपर्ने स्थानियको माग छ ।

तस्विरः दिनेश खबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ