काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् ।
समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् ।
अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४७ हजार नाघेको छ ।
अहिलेसम्म दुई लाख ४७ हजार चार सय ७३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा अहिलेसम्म् ६७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने इटाली र बेलायतमा पनि अहिलेसम्म २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्पेनमा पनि २५ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर ११ लाख २५ हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।
अमेरिकामा एक लाख ८० हजार मानिस निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ३० हजार संक्रमित निको भएका छन् ।
स्पेनमा एक लाख १८ हजार मानिस निको भएर घर फर्किएका छन् । इटालीमा ८१ हजारभन्दा धेरै निको भएका छन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु