बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटक बनाएका सशस्त्र प्रहरी जवानको नियुक्ति बदर

बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटक बनाएका सशस्त्र प्रहरी जवानको नियुक्ति बदर

sasastra

काठमाडौँ – बर्दिमा टिकटक बनाउने एक शसस्त्र प्रहरी जवानलाई जागिरबाट निकालिएको छ । बर्दीमा हतियार बोकेर टिकटक बनाएका सशस्त्र प्रहरी जवान बलबहादुर परियारको सोमवार नियुक्ति बदर गरिएको हो।

एपीएफका अनुसार उनले बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाएका थिए । उनको उक्त टिकटक भिडियो भाइरल बनेको थियो । बर्दीमा हतियारसहित टिकटक बनाएको भिडियोका कारण उनको नियुक्ती बदर गरिएको जनाइएको छ । उनी चैतको दोस्रो साता तालिम सकेर फिल्डमा खटिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ