उदयपुरको मस्जिदमा बसेका ६ जना भारतीय कोरोना संक्रमित निको भए, भोलि डिस्चार्ज हुँदै

उदयपुरको मस्जिदमा बसेका ६ जना भारतीय कोरोना संक्रमित निको भए, भोलि डिस्चार्ज हुँदै

Corona

विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये ६ जना निको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो ।

परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पताल विराटनगरका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ ।

डिस्चार्जपछि एकसाता विराटनगरको रानीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जनाले उपचाररत छन् ।

विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन ।

बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ