केपी ओली सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो : नेत्रविक्रम चन्द (विप्लव)

केपी ओली सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो : नेत्रविक्रम चन्द (विप्लव)

biplop mahobadi

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् ।

आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)लाई पक्राउ गरिएको विरोधमा बुधबार एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।

चितवनमा उपचाररत अवस्थामा रहेका बेला मंगलबार उनी पक्राउ परेका थिए ।


कोरोना महामारीलाई मध्यजनर गरि स्थगित गरिएको कारबाहीलाई बेवस्ता विरहीलाई पक्राउ गरिनुले ओली सरकारले हिंसा र आतंक मच्चाउन खोजिएको विप्लवले बताए ।

विप्लवले उनको पक्राउप्रति भत्र्सना गर्दै विना सर्त रिहा गर्न माग चेतावनी दिए । ओली सरकारको प्रतिवाद गर्न विप्लवले कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ