काठमाडौंको चन्द्रागिरिमा मानिसमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले मारे, ६ जना घाइते

काठमाडौंको चन्द्रागिरिमा मानिसमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले मारे, ६ जना घाइते

Chandragiri chituwa

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन् ।

मानिसमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले कुटपिट गरी मारेका छन् । काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले स्थानीयको आक्रमणबाट दिउँसो तीन बजेतिर चितुवाको मृत्यु भएको जानकारी दिए ।

‘मान्छेलाई आक्रमण गरेपछि स्थानीयले सुरक्षाको लागि आक्रमण गर्दा चितुवा मरेको छ’ उनले भने ।

विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो । तर दिनभरजसो वस्ती क्षेत्रमै रहेको चितुवाले दिउँसो थप ३/४ जनालाई घाइते बनाएको प्रहरीले बताएको छ । घाइतेमध्ये केही सामान्य अवस्थाका छन् भने केही गम्भीर छन् ।

जिल्ला वन अधिकृत खरेल चितुवा घाइते अवस्थामा नै वस्ती झरेको बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ