पोखरा । देशभर आगामी जेठ ५ सम्म लकडाउन कायम रहेकोमा कास्की जिल्लामा लकडाउन केही खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ जरुरी सूचना जारी गरी केही निश्चित प्रयोजन छुट्टाउँदै सवारीसाधन चलाउँदा पास आवश्यक नपर्ने पनि उल्लेख गरेको छ। तोकिएबमोजिम विकास आयोजना तथा औद्योगिक प्रतिष्ठान, अत्यावश्यक सेवा वा व्यवसाय संचालन गर्ने सरकारी तथा निजी संस्था, व्यक्ति समेतले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, सामाजिक दूरी कायम गर्ने गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी ६ बुँदे सूचना जारी गरिएको हो।
कुनै विकास निर्माण तथा उत्पादन मुलक सेवा संचालनमा आउ जान गर्दा अधिकतम १० जना सम्म एक पटकमा यात्रा गर्न प्रशासनले निर्देशन जारी गरेको छ । त्यस्तै वर्कशप, इन्टरनेट जडान, प्लम्बिङ, ,इलेम्ट्रिकल सेवा र पेट्रोल पम्प संचालनमा बढीमा ५ जना कामदार तथा कर्मचारी रहने व्यबस्था मलिउन सरोकार निकायलाई निर्देशन दिएको छ ।
जसअनुसार कास्की जिल्ला प्रवेश गर्दा वा कास्की जिल्लाभर ढुवानी सेवा प्रदान गर्दा कृषि तथा पशुपंक्षीजन्य सेवा तथा सामग्री, स्वास्थ्यस्रम्बन्धी सेवा तथा सामग्री एवं जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसलहरुले प्रयोग गर्ने ढुवानीका साधनहरु, खाद्यान्न, फलफूल, तरकारी, पानी, दूध, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थहरु ढुवानी गर्दा संचालन गर्दा सवारी पास आवश्यक पर्ने नभएको छ।
यस्तै, तयारी मालबस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु लैजाने ल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधन एवं एम्बुलेन्स संचालनमा पनि सवारी पास लिइरहनुपर्ने छैन ।
यसैगरी, जिल्लामा अत्यावश्यक सेवा संचालन गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुको सेवा प्रवाहका लागि आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो प्रणालीबाट, बैंक तथा बित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीले दैनिक रुपमा सेवा प्रवाहमा आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीद्वारा सेवा संचालन गर्ने र उनीहरुको लागि सम्बन्धित कार्यालय प्रमुखले नै लकडाउन अवधिमा कर्मचारीलाई खटाउँदा दिन, बार र समय स्पष्ट खुल्ने गरी प्रमाणित कागजात उपलब्ध गराउन सक्नेछन् । त्यस्ता कर्मचारीलाई कार्यस्थलमा आउनेजाने प्रयोजनका लागि पास जरुरी नपर्ने भएको छ । यद्यपि ती कर्मचारीको साथमा कार्यालय परिचयपत्र पनि अनिवार्य हुनुपर्ने छ।
यी सेवा अझै बन्द
लकडाउन कायम रहेको हुँदा अझै पनि विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्य बस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, धार्मिक स्थल, मन्दिर, रंगशाला, खेलकुद स्थल, जिमखाना, सैलुन, व्युटीपार्लर, होटल, बार, रेष्टुरेन्ट खोल्न वा कुनै पनि प्रकारको क्रियाकलाप गर्न पाइने छैन । यस्तै, सूचनामा १२ वर्ष मुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिलाको आवातजावत तथा हिडडुल गर्न पाउने छैनन्, भनिएको छ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’