बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्या समाधान निस्कदैन – प्रधानमन्त्री ओली

बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्या समाधान निस्कदैन – प्रधानमन्त्री ओली

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा विरोध गरेर सिमा समस्या समाधान ननिस्कने बताएका छन् । उनले आज मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई जथाभावी नबोल्न चेतावनी समेत दिएका छन् ।

मन्त्रिपरिषदको बैठकमा निकै कडा रुपमा प्रस्तुत भएका ओलीको भनाई उदृत गर्दै एकजना मन्त्रीले भने, ‘बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्याको समाधान निस्कदैन ।’ आवेश र आक्रोशमा नभई संयमतापूर्वक कुटनीतिक माध्यमले समाधान निकालिने बताए ।

भुमिसुधारमन्त्री पद्मा अर्याललाई सिधै प्रधानमन्त्रीले झपारेको बुझिएको छ । लिम्पियाधुरा नेपालको नक्शामा नभएको अभिव्यक्ति ऋषि धमलासँग रेडियो एनआरएनमा दिएकोमा ओलीले झपारेका थिए । उनको भनाई उदृत गर्दै ती मन्त्रीले भने, ‘तथ्य र प्रमाणका कुरा मात्र बोल्नुहोस्, संवेदनशील विषयमा जथाभावी बोल्दै हिंडने होइन ।’

भारतले नेपाली भुमि लिपुलेक हुँदै व्यापार मार्ग खोलेपछि देशभित्र विरोध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ दलभित्र प्रधामन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै कडा आलोचना भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ