वीरगञ्जको नारायणी अस्पतालबाट भेन्टिलेसन तोडेर फरार २ जना कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा

वीरगञ्जको नारायणी अस्पतालबाट भेन्टिलेसन तोडेर फरार २ जना कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा

Narayani-hospital-1

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको आईसोलेशनबाट हिजो अपरान्ह फरार दुई जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एकजनालाई बीरगंज महानगरपालीकाको पश्चिममा पर्ने तिलाबे नदीको पुल नजिकैबाट र अर्काेलाई बिन्दबासीनी गाउपालीकाको हरिहरपुरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए ।

कोरोना संक्रमित बीरगंज महानगरपालीका वडा नम्बर १६ घरभई आफ्नो ठेगाना बीरगंज छपकैया लेखाउने रामनाथ यादब र अर्का बीरगंज छपकैयाकै जफार मियाँ रहेका छन् ।

मियाँलाई हरिहरपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

संक्रमित अभियुक्त दुबैजना नारायणी अस्पतालको दोस्रो तल्लाको पछाडी रहेको शौचालयको भेन्टिलेसन तोडेर फरार भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ