सरकारको कडा कदम : ७७ जिल्लाबाट जारी सबै सवारी पासहरु गृह मन्त्रालयद्वारा खारेज !

सरकारको कडा कदम : ७७ जिल्लाबाट जारी सबै सवारी पासहरु गृह मन्त्रालयद्वारा खारेज !

Home-Ministry

काठमाडौं – लकडाउनको समयमा सवारी पास सुविधा लिएकाहरुबाट नै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ ।

जोखिमको थप वाहक नै सवारी पासहरु बनेपछि गृहमन्त्रालयले आगामी शनिबारदेखि लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै सवारी पासहरु खारेज गरेको छ ।

जेठ ३ गतेदेखि लागू हुने गरी गरिएको यो निर्णयपछि सम्बन्धित जिल्ला भित्र मात्र नभएर जिल्ला वाहिर आवागमन गर्न पनि रोक लाग्ने छ ।

यो निर्णय पछि अब उपलब्ध गराइने पासहरु गृहमन्त्रालयको अनुमतिमा मात्र जारी गरिने भएको छ ।

आजदेखि लागू हुने गरी यस अघि नै गृहले एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने पासहरु खारेज गरिसकेको छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागद्वारा जारी गरिएको परिचय पत्रको आधारमा आवागमन गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ