काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भए नभएको बारे केही जानकारी दिएन ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए । उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए । तर, निको हुनुको साटो उनको अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा मृत्यु भएको जानकारी आएको मात्र डा. देवकोटाले बताए ।
यस सम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी दिने देवकोटाले बताए । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

सम्बन्धित समाचारः
नेपालमा कोरानाबाट पहिलोपटक मृत्यू ! ९ दिने सुत्केरी धुलिखेल अस्पतालमा बितिन्
सम्बन्धित खबर
यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र डा. रूइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता
यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो
दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ