रौतहटमा थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९१

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९१

Corona Positive

पोखरा । रौतहटमा आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी महिला हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ