गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश क्याबिनेटका सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
यही जेठ ११ गते, आइतबारका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।
प्रदेशमा हालसम्म एक हजार ५२० को पीसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पु¥याउने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु