पोखरा । तनहुँमा १९ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । तनहुँ देवघाट गाउँपालिका-५ दासढुङगा स्थित त्रिशुली नदिको किनारमा बागलुङ बरेङडाँडा – १ घर भइ गोरखा शहिद लखन गाउँपालिका – ३ बस्दै आएका कृष्ण बहादुर पुन शनिबार बिहान ११ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय दिल बहादुर गुरुङको घरमा बस्दै आएका पुन गत बैशाख २६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भनिएकोमा शनिबार मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रवावु रेग्मीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकीमा हराएका एम्बुलेन्स चालक मृत भेटिए
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ । गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनी नगर पालिका–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए । बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेकाे थियाे ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’