वीरगञ्जमा कोरोना भाइरसलाई जितेर दुुई पत्रकार सहित ४३ जना घर फर्किए

वीरगञ्जमा कोरोना भाइरसलाई जितेर दुुई पत्रकार सहित ४३ जना घर फर्किए

Narayani-hospital-1

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् ।

यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।

यो संगै नेपालमा १ सय १२ जनाले कोरोना जितेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ