पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । बडिगार्ड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, तमानखोला गाउँपालिकाका वर्ष २१ का दुुई र २७ वर्षका दुुई जना गरि चार जनामा संक्रमण देखिएको हो । उनीहरुलाई सुनौली नाकाबाट उद्धार गरिएकाको थियो । उद्धार गरेर उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमितहरु लाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भईरहेेको छ । बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको छ । बागलुङमा झण्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा वसेका छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए । ६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह