थप २८ जनाले जिते कोरोना,  नेपालमा निको हुनेको संख्या १८३ पुग्यो

थप २८ जनाले जिते कोरोना,  नेपालमा निको हुनेको संख्या १८३ पुग्यो

Corona

काठमाडौं । नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् ।

जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् ।

यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् ।

यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।

यस्तै पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ