थप २८ जनाले जिते कोरोना,  नेपालमा निको हुनेको संख्या १८३ पुग्यो

थप २८ जनाले जिते कोरोना,  नेपालमा निको हुनेको संख्या १८३ पुग्यो

Corona

काठमाडौं । नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् ।

जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् ।

यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् ।

यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।

यस्तै पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ