गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । ‘ब्याक पेन’ भएर पोखराको गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा पुगेकी महिलाको केहि समयमै मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ४, सिद्धार्थ चोककी ३६ वर्षीया मीरा मुल्मीको शुक्रबार पेन किलर इन्जेक्शन लगाउने बित्तिकै मृत्यु भएको हो । मृतकका आफन्तले केहि समयअघिसम्म ठीकठाक रहेको मान्छे इन्जेक्शन लगाउने बित्तिकै कसरी मृत्यु भयो ? भन्दै अस्पतालसमक्ष मृत्युको कारण मागे ।
पहिले मौन बसेको अस्पताल प्रशासन ठूलो संख्यामा मृतक पक्ष पुगेपछि वार्तामा बस्न राजी भएको थियो । वार्तामा मृतक पक्षको आर्थिक क्षतिपूर्तिको माग केहि थिएन, मात्र अस्पतालले सार्वजनिक रुपमा माफी मागेर यस्ता घटना नदोहोरिउन् भन्ने रहेको वार्तामा सहभागी मृतकका एक आफन्तले जानकारी दिए । अस्पतालले भने घुमाउरो ढंगमा प्राविधिक असामाञ्जयस्यता भनेको छ ।
फिस्टेल हस्पिटलमा यसरी नै मृत्यु हुने गरेको उदाहरण रहेको, अस्पताल सधैं पेलेरै अघि बढ्ने, क्षतिपूर्ति, माफी कहिल्यै नमाग्ने गरेकाले अब कोहि पीडित हुन नपरुन् भनेर आफूहरुले यो माग अघि सारेको ती आफन्तको भनाई छ । तीन महिना अघि मीराकै उपचारमा पनि ल्याब रिपोर्ट लापरबाही ढंगले दिएको उनले बताए । रिपोर्टहरु डरलाग्दो आएपछि शंका लागेर पोखराकै युआरएलमा गएर जाँच गर्दा सामान्य देखिएपछि अस्पतालमा गएर मृतकका पति प्रदीप मुल्मीले कुरा गरेपछि कमजोरी स्विकारेको ति आफन्तले जनाएका छन् । अहिले पनि अस्पतालले नै लापरबाही गरेको उनको जिकिर छ ।
घटना विवरण यस्तो छ (मृतकका आफन्त, वार्तामा सहभागीका अनुसार)
मीरामा कुनै घातक रोग थिएन । उनमा ढाँड दुख्ने समस्या र ग्याँस्ट्रिकको समस्या थियो । उनले आज शुक्रबार पनि नित्यकर्म सकिन् । श्रीमान् प्रदीपसँगै मर्निङ वाक गईन् । प्रदीप पोखराका व्यवसायी हुन् । उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् ।
मर्निङ वाकबाट फर्केर मीराले खाजा बनाईन् । श्रीमान् र छोराछोरीलाई खुवाइन् । मुल्मी दम्पतीका १६ वर्षीया छोरी छन्, १० वर्षका छोरा छन् ।
हल्का खाजा खाएपछि मिराको ग्याँस्ट्रिक बढ्यो । ब्याक पेन हुन थालेपछि श्रीमान्लाई भनिन् । त्यसपछि उनीहरु नजिकै फिस्टेल अस्पताल गए । गाडी प्रदीपले चलाए । ९ बजेर ३७ मिनेटमा उनीहरु अस्पतालमा पुगेको अस्पतालको रेकर्ड छ ।
त्यसपछि इमर्जेन्सीमै ग्याँस्ट्रिको उपचार गर्न सुरु गरियो । ब्लड प्रेसर नाप्दा नर्मल नै देखियो । पेट दुखेकाले अल्ट्रासाउण्ड गरियो । डाक्टरले सामान्य नै भने । रगत जाँच पनि गरिएको आफन्तको भनाई छ । उनका अनुसार मुटुको ईसीजी गर्दा पनि सामान्य नै देखियो । तर, ब्याक पेन हुने क्रम रोकिएन । त्यसपछि, एक डाक्टरले पेन किलर इन्जेक्शन इर्मजेन्सी वार्ड मै दिए । इन्जेक्शन लगाएको २ मिनेटमै मीराले जिब्रो निकाल्दै प्राण त्याग गरिन् । ईन्जेक्शन लगाउने डाक्टरको परिचय भने अस्पतालले खुलाएन । अस्पतालले हर्ट अट्याक भएको भनेको छ । तर, आफन्तहरु सन्तुष्ट छैनन् । केही समय अघि मुटुको ईसीजी गर्दा ठीक भएको मान्छे २० मिनेट नबित्दै कसरी मर्छ ? उनीहरुको प्रश्न थियो ।
भित्र माफी, बाहिर दुःख र समेवदना
सुरुमा उपचारमा संलग्न कोहि पनि चिकित्सक र अस्पताल प्रशासन सम्पर्कमा आउन मानेन । केही भिडले बल प्रयोग गर्न थालेपछि बल्ल अस्पताल प्रशासन वार्ताका लागि अग्रसर भयो । प्रदीप लगायत उनका व्यवसायी मित्रहरु वार्तामा सहभागी थिए । अस्पताल प्रशासनका तर्फबाट अध्यक्ष डा. भोला श्रेष्ठ, सिनियर फिजिसियन डा. बसन्त कुमार ताम्राकार लगायत उपस्थित थिए । अस्पतालमा सांसद एवं व्यवसायी बिन्दुकुमार थापा, मिनराज काफ्ले, केशवबहादुर खत्री, सुदीप ढकाल लगायत पुगेका थिए ।
मृतक पक्षले कुनै आर्थिक क्षतिपूर्तिको माग गरेन । मृत्यु कसरी भयो ? यसको कारण बुझे । मेडिकल भाषा हामीले बुझ्ने कुरा भएन, यस्तो यस्तो भो भने । सद्धे मान्छे इन्जेक्शन लगाएको २ मिनेटमै कसरी बित्छ ? त्यो पो अचम्ममा परेका छौँ त । नाम नराख्ने शर्तमा वार्तामा सहभागी एकले भने– इमर्जेन्सीबाट आइसियूतर्फ किन सारिएन ? ढिला भएको हो कि भन्यौं । अस्पताल सञ्चालक पनि स्थानिय, हामी पनि सबै आफन्त जस्तो । हामी संयमित ढंगले अगाडि बढ्यौं । अस्पताल चाहिँ जिम्मेवार देखिएन । वार्तामा सबैसामु मुखले त बल्ल बल्ल माफी मागे । सार्वजनिक माफी मागेर विज्ञप्ती प्रकाशित गर्न मानेनन् ।’
वार्ता सकिएपछि अस्पतालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाप्रति दुःख व्यक्त र परिवारमा समवेदना प्रकट भन्दै लिखित विज्ञप्ती तयार ग¥यो । तर, माफी मागेको खै भन्दै आफन्तलहरुले पुनः टाइप गर्न फिर्ता गरिदिए । त्यसपछि अस्पतालले प्राविधिक वाक्य थप्यो । त्यो विज्ञप्ती आफन्तमाझ अस्पतालका अध्यक्ष भोला श्रेष्ठ स्वयंले वाचन गरेर सुनाए । तर, प्राविधिक पछि के शब्द भने कसैले भेउ पाएनन् । (हेर्नुहोस् भिडियो)
अस्पतालले डा. बसन्त ताम्राकारको टीमले उपचार सफल बनाउन प्रयास गरेको बताएको छ । धेरै प्रयास गर्दा पनि सफल नभएकाले आफूहरु दुःखी भएको अध्यक्ष श्रेष्ठले बताए ।
मीराको शव शुक्रबार अस्पतालमै रहने भएको छ । शनिबार बिहान निवासमा लगेर ८ बजे शवयात्रा गरिने परिवारले जनाएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो