चर्पीमा झुण्डिएको अवस्थामा शव फेला

चर्पीमा झुण्डिएको अवस्थामा शव फेला

Sudden depature

दाङ – राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली निवासी ४७ बर्षिय नर बहादुर घर्ती मगरको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित आफ्नै घरको चर्पीमा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । मृतक घर्ती दम, सुगर लगायतका रोगहरु बाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ ।

घर्ती स्वास्थ्य उपचारका लागि सुकौली बाट करिब १ हप्ता अघि बनघुस्री स्थित घरमा आएका थिए । घर्तीका ४ छोरा र ३ बुहारी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ