पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाइ पार्कको शहर बनाउनु पर्ने बताउनु भएको छ । बिश्व वातावरण दिवसको उपलक्ष्यमा पोखरा माहानगरपालिका वडा नं ४ स्थित पालिखेचोकमा बृक्षारोपण गदै मुख्यमन्त्रीले सो कुरा वताए ।
पोखरा महानगरले अघिल्लो वर्ष पालिखेचोक स्थित चार घरलाई मुआब्जा दिएर बाटो फराकीलो बनाउने काम सगै चोकलाई सौन्दैयकरणको काम सुरु गरेको थियो । सौन्दर्यकरणको काम सकेसगै महानगरले वाताबरण दिवसको अवसर पारी चोकमा बृक्षारोपण गरेको हो ।
मुख्यमन्त्री गुरुङले पोखरालाइ पर्यटकिय शहर मात्र नभइ पार्कको शहर रुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, गण्डकीको राजधानी सगै पर्यटकिय शहर हो, यहाँ धेरै अन्तराष्ट्रिय ब्यक्तिको आवगमन हुन्छ, हामीले पोखरालाइ पार्कको शहर भनेर चिनाउन पर्छ, । पोखरा शहरलाइ व्यवस्थित बनाउन महानगर प्रमुख संग कुराकानी भैरहेको जानकारी दिए ।
उनले व्यवस्थित जग्गा उपलब्ध भएमा नेश्नल पार्क निमार्ण गर्न सके राम्रो हुने बताए । मुख्यमन्त्री गुरुङले पोखरामा बसपार्क सडक लगायत थुप्रै पुर्वधारलाइ व्यवस्थित गरि वातावरण जोगाउन तर्फ सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिए । “अहिले कोरोना माहामारी छ , यदि हामीले वातावरण जोगाएनौ भने, अर्को माहामारीको संकट आउन सक्छ , त्यसैले सबै एक भएर वातावरण जोगाउनु तर्फ लाग्नुपर्छ, पोखरालाइ सुन्दर हराभरा बनाइ ब्युटिसिटीको रुपमा विकास गर्नुपर्छ,। उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरा महानगरका प्रत्येक घर बाहिर २,२ वटा र छतमा १ वटा बिरुवा हुर्काउने अभियान चलाउनु पर्ने बताए । जसका कारण पोखराबाट दिन खोजेको सन्देश सबैले सिकुन भन्नेमा उहाँले जोड थियो । मेयर जिसीले पोखराको पालिखेचोकका पुराना घर हटाएर व्यवस्थित बनाउन सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिए ।
पोखरा ४ का वडा अध्यक्ष शंकर वास्तोलाले असहज परिस्थितीमा पनि पालिखेचोकलाइ व्यवस्थित बनाउन सफल भएकोमा खुशी ब्यक्त गरे । उहाँले भने ‘जिम्मेवारी पुरा गरेको महशुस गरेको छु । पुरानो बजार ५ घरलाइ मुआब्जा दिएर फराकिलो बनाएको पालिखेचोक उक्त ठाँउ ४, ३ र ९ को संगम स्थल पनि रहेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो