पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाइ पार्कको शहर बनाउनु पर्ने बताउनु भएको छ । बिश्व वातावरण दिवसको उपलक्ष्यमा पोखरा माहानगरपालिका वडा नं ४ स्थित पालिखेचोकमा बृक्षारोपण गदै मुख्यमन्त्रीले सो कुरा वताए ।
पोखरा महानगरले अघिल्लो वर्ष पालिखेचोक स्थित चार घरलाई मुआब्जा दिएर बाटो फराकीलो बनाउने काम सगै चोकलाई सौन्दैयकरणको काम सुरु गरेको थियो । सौन्दर्यकरणको काम सकेसगै महानगरले वाताबरण दिवसको अवसर पारी चोकमा बृक्षारोपण गरेको हो ।
मुख्यमन्त्री गुरुङले पोखरालाइ पर्यटकिय शहर मात्र नभइ पार्कको शहर रुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, गण्डकीको राजधानी सगै पर्यटकिय शहर हो, यहाँ धेरै अन्तराष्ट्रिय ब्यक्तिको आवगमन हुन्छ, हामीले पोखरालाइ पार्कको शहर भनेर चिनाउन पर्छ, । पोखरा शहरलाइ व्यवस्थित बनाउन महानगर प्रमुख संग कुराकानी भैरहेको जानकारी दिए ।
उनले व्यवस्थित जग्गा उपलब्ध भएमा नेश्नल पार्क निमार्ण गर्न सके राम्रो हुने बताए । मुख्यमन्त्री गुरुङले पोखरामा बसपार्क सडक लगायत थुप्रै पुर्वधारलाइ व्यवस्थित गरि वातावरण जोगाउन तर्फ सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिए । “अहिले कोरोना माहामारी छ , यदि हामीले वातावरण जोगाएनौ भने, अर्को माहामारीको संकट आउन सक्छ , त्यसैले सबै एक भएर वातावरण जोगाउनु तर्फ लाग्नुपर्छ, पोखरालाइ सुन्दर हराभरा बनाइ ब्युटिसिटीको रुपमा विकास गर्नुपर्छ,। उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरा महानगरका प्रत्येक घर बाहिर २,२ वटा र छतमा १ वटा बिरुवा हुर्काउने अभियान चलाउनु पर्ने बताए । जसका कारण पोखराबाट दिन खोजेको सन्देश सबैले सिकुन भन्नेमा उहाँले जोड थियो । मेयर जिसीले पोखराको पालिखेचोकका पुराना घर हटाएर व्यवस्थित बनाउन सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिए ।
पोखरा ४ का वडा अध्यक्ष शंकर वास्तोलाले असहज परिस्थितीमा पनि पालिखेचोकलाइ व्यवस्थित बनाउन सफल भएकोमा खुशी ब्यक्त गरे । उहाँले भने ‘जिम्मेवारी पुरा गरेको महशुस गरेको छु । पुरानो बजार ५ घरलाइ मुआब्जा दिएर फराकिलो बनाएको पालिखेचोक उक्त ठाँउ ४, ३ र ९ को संगम स्थल पनि रहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’