अष्ट्रेलिया । तनहुँका सागर लोहनीको स्वामित्वमा अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्राबिधिक कलेज ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन खुलेको छ ।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ । ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङको समेत छिट्टै अनुमती प्राप्त गरि सन्चालन गरिने लोहनीले बताए । प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।
अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए ।
हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ ।प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ ।
सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्युयु युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन । विभिन्न पेशा अपनाउदै हाल आफ्नै ब्यवसायमा होमिएका लोहनी हाल चार्ल्स डार्विन युनिभर्स्टीबाट कानूनमा पनि स्नातकोत्तर अध्ययनरत छन्।
रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन। थप जानकारीका लागि कलेजको वेबसाईट www.iie.edu.au हेर्न सकिन्छ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु