पाेखरा । पाेखराबाट ३ दिन अघि काठमाडाैं पुगेका काेराेना संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिकाे खाेजपड्ताल सुरु भइसकेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
बिहीबार साँझ विज्ञप्ति जारी गरेर निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४:१५ बजेको प्रेस वक्तब्यमा काठमाडौंमा उपचाररत कास्की जिल्लाको पोखरा महानगरपालिका ८ का वर्ष ६० भनिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको सूचना प्राप्त भए पश्चात नै केस अनुसन्धान तथा खोजपडताल (कन्ट्रयाक्ट ट्रेसिङ) सहित अन्य प्रक्रिया सुरु भैसकेको जनाएकाे हाे ।
उनी पोखरा ८ सिर्जनाचोक नजिकै आलुमाइला चोकतिर बस्ने ६० वर्षीय पुरुष हुन् ।
मंगलबार सबेरै कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको थियो ।
त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने प्रक्रिया मिलाउन दिउँसोसम्म लागेको थियो ।
त्यसबेलासम्म उनलाई जिएमसीमै राखिएको थियो ।
उनीसँगै २ जना पनि हेलिकोप्टरमै गएर फर्केका थिए । उनीहरु पनि अहिले क्वारेन्टाइनमा बसेका छन् ।
उनको घर कास्की भने होइन, परिवार पोखरामा थिएनन् । उनी डेरामा एक्लै बस्दै आएका थिए ।
काठमाडौं पुगेलगत्तै नमुना संकलन गरिएकोमा शुक्रबार नै नतिजा पोजेटिभ आएको थियो ।
सम्पन्न घरानाका उनलाई काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
उनी बेहोस भएर ढलेको, बान्ता देखिएको कारण पनि सुरुमा मेनेन्जाइटिसको आशंका गरिएको थियो तर पछि थ्रोट स्वाब टेस्ट गर्दा कोभिड १९ देखिएको हो ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’