गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि देखी प्रहरीको थुनामा छन ।
उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
आइतबार मात्रै गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टि गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा रहेका किशोर समेत नयाँ संक्रमित मध्य एक हुन ।
हिरासतमा हाल उनीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
स्थानीय क्वारन्टाइनमा रहेकामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे गोरखामा चौतर्फी चासो र त्रासको विषय बनेको छ ।

उनलाई गोरखा अस्पतालको आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले जानकारी दिए ।
पालुङ्टार नगरपालिकामा गत वैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् ।
उनीहरुमध्य ६ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
यो पनि :
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन