गोरखा प्रहरीको हिरासतमा रहेका किशोरमा कोरोना संक्रमण पुष्टि, बलात्कारका आरोपी

गोरखा प्रहरीको हिरासतमा रहेका किशोरमा कोरोना संक्रमण पुष्टि, बलात्कारका आरोपी

pakrau

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि देखी प्रहरीको थुनामा छन ।

उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

आइतबार मात्रै गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टि गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा रहेका किशोर समेत नयाँ संक्रमित मध्य एक हुन ।

हिरासतमा हाल उनीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

स्थानीय क्वारन्टाइनमा रहेकामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे गोरखामा चौतर्फी चासो र त्रासको विषय बनेको छ ।

उनलाई गोरखा अस्पतालको आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले जानकारी दिए ।

पालुङ्टार नगरपालिकामा गत वैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् ।

उनीहरुमध्य ६ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

यो पनि :

गोरखाको पालुङटारसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds