पाेखरा । गण्डकी प्रदेशका तीन जिल्लामा थप २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
नवलपुरमा १२, म्याग्दीमा ८ र बागलुङमा ४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनीहरु सबैकाे स्वाब परीक्षण पाेखराकै प्रयाेगशालामा गरिएकाे हाे ।
याेसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
थपिएका नवलपुरकाे बौंदीकाली गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहको छ ।
त्यस्तै म्याग्दी जिल्लाकाे बेनी नगरपालिका घर भएर पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यसैगरि बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका का ३ जना पुरुष र बरेङ गाउँपालिका घर भई साेही पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भरहेको छ ।
गण्डकीमा काेराेनाबाट १ जनाकाे मृत्यु भएकाे छ ।
स्याङ्जाकाे वालिङ नगरपालिका ३ घर भएका उनी मृगाैला, टिबी लगायत राेगबाट ग्रसित थिए ।
उनी परिवारसहित केही दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।
उनको शव पोखराको रिठ्ठाघाटमा गाडिएकाे छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह