लकडाउनमा हत्या र आत्महत्या बढ्यो, हरेक दिन १५ जनाले गर्छन् आत्महत्या

लकडाउनमा हत्या र आत्महत्या बढ्यो, हरेक दिन १५ जनाले गर्छन् आत्महत्या

death

काठमाडौं । कोरोना भाइरसले हालसम्म नेपालमा १५ जनाको मृत्यु भएको छ । चार हजार बढी संक्रमित देखिएका छन् । तर, कोरोनाले भन्दा पनि दैनिक हत्या र आत्महत्याको दर वृद्धि भइरहेको छ ।

बुधबार मात्रै करिब एक दर्जन हत्याका घटना सार्वजनिक भएका छन् । धनुषा र ललितपुरमा एकजनाको गोली प्रहार र अर्काको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । सोमबार राति रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या गरियो ।

लकडाउनयता देशभर ९५ जनाको हत्या गरिएको घटना सार्वजनिक भएको नेपाल प्रहरीले जनाएको छ । यसमा पारिवारिक हत्या बढी छ । आत्महत्याको दर त कहालीलाग्दो ढंगले बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनयता ८० दिनमा साढे ११ सयले आत्महत्या गरेका छन् । यो रेसियो हेर्दा हरेक दिन १५ जनाले आत्महत्या गरेको देखिन्छ ।

कोरोनाले हालसम्म १५ जनाको मृत्यु भएको छ । तर, हरेक दिन आत्महत्या गर्ने १५ जना हुनु भनेको नेपाली समाजमा आपराधिक प्रवृत्ति बढेको देखिएको नेपाल प्रहरीको भनाइ छ । मनोविद्हरू कोरोना भाइरसका कारण मानिसमा मानसिक समस्या देखिन थालेको बताउँछन् ।

धेरैजसो रोजगारी गुमेको, व्यापार व्यवसाय चौपट भएको, एक्लोपनलगायतका कारण मृत्यु भइरहेको पूर्वराजदूत लिलामणि पौड्यालको भनाइ छ । उनले सामाजिक मनोपरामर्श नथाले स्थिति भयावह रूपमा बढ्ने बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ