पोखरा । सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ जना सदस्यले राजीनामा दिएका छन् ।
काम गर्ने माहोल नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले सहरी योजना आयोगको अध्यक्षसमेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । राजीनामा मेयर आचार्यले स्वीकृत भने गरेका छैनन् ।
कर्मचारी संयन्त्र र जनप्रतिनिधिको तारो बनिरहने तर कर्मचारी संयन्त्र र जनप्रतिनिधिको तारो बनिरहने तर
५ सदस्यीय आयोगका २ सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् । उपाध्यक्ष प्रेमलाल लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।
पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको थियो । त्यस कार्ययोजना अनुसार काम गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएको लामिछानेले बताए ।
प्रजिअ भएर जिल्ला हाँकेका लामिछाने र अन्य सदस्यलाई जहिल्यै कर्मचारीले मर्यादाक्रम र कामको विषयलाई लिएर तारो बनाएका थिए । जनप्रतिनिधिले पनि आयोगका पदाधिकारीलाई कहिल्यै सहजरुपमा स्वीकार गर्ने माहोल नै बनेन । मेयर आचार्यले पनि पदाधिकारीका समस्या समाधानतिर खासै चासो देखाएनन् ।
उपाध्यक्षसहित ३ जनाको महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम बाँकी रहेकाले ती काम सकेर मात्र जान आफूले आग्रह गरेको मेयर आचार्यले बताए । समाधान दैनिकमा खबर छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम