पोखरा । सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ जना सदस्यले राजीनामा दिएका छन् ।
काम गर्ने माहोल नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले सहरी योजना आयोगको अध्यक्षसमेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । राजीनामा मेयर आचार्यले स्वीकृत भने गरेका छैनन् ।
कर्मचारी संयन्त्र र जनप्रतिनिधिको तारो बनिरहने तर कर्मचारी संयन्त्र र जनप्रतिनिधिको तारो बनिरहने तर
५ सदस्यीय आयोगका २ सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् । उपाध्यक्ष प्रेमलाल लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।
पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको थियो । त्यस कार्ययोजना अनुसार काम गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएको लामिछानेले बताए ।
प्रजिअ भएर जिल्ला हाँकेका लामिछाने र अन्य सदस्यलाई जहिल्यै कर्मचारीले मर्यादाक्रम र कामको विषयलाई लिएर तारो बनाएका थिए । जनप्रतिनिधिले पनि आयोगका पदाधिकारीलाई कहिल्यै सहजरुपमा स्वीकार गर्ने माहोल नै बनेन । मेयर आचार्यले पनि पदाधिकारीका समस्या समाधानतिर खासै चासो देखाएनन् ।
उपाध्यक्षसहित ३ जनाको महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम बाँकी रहेकाले ती काम सकेर मात्र जान आफूले आग्रह गरेको मेयर आचार्यले बताए । समाधान दैनिकमा खबर छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते