पोखरा । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालन गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस)को पढाइसमेत हुने भएको छ ।
प्रतिष्ठान संघ सरकार मातहतमा छ । संघ सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमा यो प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर्न बजेटको व्यवस्थासमेत गरिएको घोषणा अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममा समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र संकायको स्नातक तह (एमबिबिएस) को कक्षा सुरु गरिने उल्लेख थियो ।
एमबिबिएस पठनपाठनका लागि तयारी स्वरुप औपचारिक प्रक्रिया पूरा गर्नेक्रममा प्रतिष्ठानको सिनेटको बैठक बुधबार पोखरामा बसेको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी भए ।
उक्त बैठकले एमबिबिएस पढाइका लागि आवश्यक प्रक्रिया स्वरुप संगठनात्मक ढाँचा (ओएनएम) पारित गरेको छ । अब प्रतिष्ठानमा एमबिबिएस पढाउन आवश्यक प्राध्यापक भर्ना गर्न पनि सिनेट बैठकले बाटो खुला गरेको छ ।
प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले सकेसम्म यसै वर्षदेखि अर्थात आउँदो भदौबाटै एमबिबिएसको पढाइ सुरु गर्ने तयारीमा जुटेको जानकारी दिए । एमबिबिएस पढाइ सञ्चालन गर्न आवश्यक विद्यार्थी भर्नाका लागि भने चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण गर्छ । प्रवेश परीक्षा पनि उसैले लिन्छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोगसँग पूरा गर्नुपर्ने प्रक्रिया पनि छिटै पूरा गर्ने डा खत्रीले जानकारी दिए । ‘पूर्वाधार निर्माण लगभग पूरा हुँदैछ,’ उनले भने, ‘सकेसम्म यसै वर्षदेखि पढाइ सुरु गर्ने तयारी गरिहेका छौं ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्ष ५० जना विद्यार्थी एमबिबिएसका लागि लिने तयारी छ । प्रतिष्ठानमा यसअघि नै स्नातकोत्तर तह (एमडी)को पढाइ चलिरहेको छ । सुरुको वर्ष १७ जना विद्यार्थी लिएर प्रतिष्ठानले एमडी पढाउन थालेको हो ।
२०१३ सालमा सोल्जर बोर्ड अस्पतालका नाममा स्थापित गण्डकी अञ्चल अस्पताल पश्चिमाञ्चल क्षेत्रीय हुँदै २०७२ देखि प्रतिष्ठान बनेको थियो । २०६९ मा ५ सय शैयाको स्तरोन्नति भएको अस्पतालमा स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अधययन र अनुसन्धानको व्यवस्था गरि दक्ष जनशक्ति उत्पादन गर्न तथा प्रतिष्ठान स्थापना भएको थियो ।
समाधान दैनिकमा खबर छ ।
सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब