नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्शनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौं रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानबिनमा देखिएको छ।
मन्त्रिपरिषद्, अर्थ र पर्यटन मन्त्रालयको आडमा उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तय गरिएको लागत अनुमानभन्दा ८६ प्रतिशत बढी रकम निर्धारण गरेर ‘इन्जिनीयरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी)’ मोडलमा सीएएमसीसँग निर्माण सम्झौता गरेको थियो। यो भनेको आयोजनाको डिजाइनदेखि निर्माणसम्म सबै कामको जिम्मा एकै कम्पनीलाई दिनु हो।
तर त्यसलाई परिवर्तन गरेर ‘बिल अफ क्वान्टिटी (बीओक्यू)’ का आधारमा चिनियाँ निर्माण कम्पनीलाई ठूलो रकम गैरकानूनी रूपमा भुक्तानी गरेको संघीय संसद्को सार्वजनिक लेखा समितिको अध्ययन प्रतिवेदनले देखाएको छ। बीओक्यू भनेको निर्माणमा प्रयोग भएको स्रोत, सामग्री र जनशक्तिको आधारमा भुक्तानी दिइएको हो।
त्यस्तै, विमानस्थल निर्माणका क्रममा चिनियाँ निर्माण कम्पनीलाई भन्सार र मूल्य अभिवृद्धि करमा छूट दिएर अर्थ मन्त्रालयले राज्यलाई दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक व्ययभारमा पारेको समितिको अध्ययनले देखाएको छ। गत असोजमा तयार पारिएको प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश गरिए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
हिमालखबरले यो प्रतिवेदन प्राप्त गरेको जनाएको छ । विस्तृतमा यसबारे पढ्नका लागि हिमालखबर वेबपृष्ठमा जानुहोस् ।
पोखरा विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ