एजेन्सी – झन्डै ३ महिनाको अनपेक्षित विश्रामपछि क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि भिडन्तमा फर्कंदै छन् ।
हाल लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको बार्सा लिगको अन्तिम खेलपछि पनि सोहि अवस्थामा रहन चाहन्छ । यता रियल भने पछिल्ला केहि खेलमा आएको खराब नतिजा बिर्साउँदै अग्रस्थानमा फर्कन प्रयासरत हुनेछ ।
शीर्षस्थानको बार्सिलोनालाई सुआरेजको आगमनले फाइदा
बार्सिलोनाको लक्ष्य प्रष्ट छ, दुई अंकको अग्रतालाई सकेसम्म बढाउने नत्र भने कम्तिमा पनि यसलाई बचाउने । यस लक्ष्य प्राप्त गर्न प्रशिक्षक किके सेटिनलाई सहज भने पक्कै छैन । कोरोनाका कारण लिग स्थगित हुनुअघि पनि बार्साको प्रदर्शन सन्तोषजनक थिएन ।
कप्तान मेस्सीले सार्वजनिक रुपमा नै सेटिनको रणनीति बार्सिलोनाको स्तरको हिसाबले च्याम्पियन्स लिग जित्न पर्याप्त नरहेको बताएका थिए । मिडफिल्डर इभान राकिटिचले पनि बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्नु आवश्यक रहेको औंल्याएका छन् ।
कोरोनाको विश्रामले बार्सिलोनालाई केहि फाइदा पनि पुगेको छ । चोटका कारण मैदानबाहिर रहेका फरवार्ड लुइस सुआरेजले मैदान फर्कने अवसर पाएका छन् । साथसाथै स्टार फरवार्ड मेस्सीले पनि विश्राम पाएका छन् । अन्तिम ११ खेलका लागि दुवै मुख्य फरवार्डले आफ्नो शत प्रतिशत प्रदर्शन गर्दा बार्सिलोनालाई पक्कै फाइदा हुनेछ ।
शीर्षस्थानमा फर्कन तत्पर छ रियल म्याड्रिड
रियलको सामुन्ने लिग उपाधि जित्ने हो भने प्रष्ट योजना अगाडी छ, आफ्नो बाँकी रहेको ११ खेल जित्ने र लिग उपाधि पुनस् आफ्नो पोल्टामा पार्ने । सबै खेल नजितेर पनि लिग उपाधि आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कसैलाई विश्वास छैन । ११ खेलमा जित दर्ता गर्न कठिन छ, तर असम्भव छैन ।
रियलले पछिल्लो पटक सन् २०१५र१६ मा लगातार ११ जित दर्ता गरेको थियो । त्यसबेला पनि प्रशिक्षक जिदान नै थिए । यसपटक जिदानलाई इडेन हाजार्ड र मार्को एसेन्सियो टोलीमा फर्कनुले थप उर्जा दिएको छ । टोलीको आक्रमणमा भरोसा गर्न सकिने खेलाडी आएसँगै डिफेन्सलाई पनु सुदृढ बनाउन जिदान तत्पर छन् ।
बार्सिलोनाका बाँकी खेल
मालोर्का, लेगानेस, सेभिल्ला, एथ्लेटिक बिल्बाओ, सेल्टा भिगो, एटलेटिको म्याड्रिड, भिल्लारियल, एस्पान्योल, भालाडोलिड, ओसासुना, अलाभेस
रियलका बाँकी खेल
एइबार, भ्यालेन्सिया, रियल सोसीडाड, मालोर्का, एस्पान्योल, गेटाफे, एथ्लेटिक बिल्बाओ, अलाभेस, ग्रानडा, भिल्लारियल, लेगानेस
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु