स्याङ्जा र बागलुङमा ७ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना निको भएर घर फिर्ता हुनेको संख्या १० पुगेको छ ।
जिल्ला अस्पताल स्याङ्जा र बागलुङको आइसोलेसन वार्डमा उपचाररत ७ बिरामीको स्वाब जाँच्दा नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङको धौलागिरी अस्पतालमा आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिकाका २७, २७ वर्षका २ पुरुष र बडीगाड गाउँपालिका १९ र २० वर्षका २ पुरुष गरि ४ जना निको भएर डिस्चार्ज भएका छन् ।
नमुना संकलन गरि पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।
आज बिहान स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो । स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसन कक्षमा उपचाररत वालिङ नगरपालिका २१ वर्षिय १ पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु निको भएर घर फिर्ता भए । संक्रमित तीनै जनाको नमुना संकलन गरि पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १ छ । स्याङ्जा वालिङ ३का ५८ वर्षीय पुरुषको ज्यान गएको हो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह